समाचार

सडकका गाई/बाँच्छी संकलन गर्ने पशुपति र बताससंग अध्यक्ष थापाको ऐक्यबद्धता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपति बिकास कोषले काठमाडौको सडकमा हिँडिरहेका गाईलाई एकै स्थानमा ब्यवस्थापन गर्न लागेकोलाई आफ्नो समर्थन रहेको बताएका छन् । अध्यक्ष थापाले पशुपति बिकास कोषका सदस्य सचिव डा प्रदीप ढकालको अभियानलाई निजी क्षेत्रको संस्था बतास अर्गनाईजेसनले साथ दिएकोमा त्यस अभियानलाई राप्रपाको साथ र ऐक्यबद्धता रहने खुलस्त गरेका छन् ।

डा ढकालले केहीदिनदेखी बताससँगको सहकार्यमा काडमाडौंको सडकमा रहेका गाईलाई संकलन गर्दै आएकोमा जनस्तरबाट उनको प्रशंसा भएको भएपनि पछिल्लो समयसम्म आउँदा माथील्लो ओहदाको ब्यक्ती राप्रपा अध्यक्ष थापाबाट उक्त एक्यबद्धता आएको छ । गाई संरक्षण अभियानमा लागेका बतासका अध्यक्ष आनन्दराज बतास आफैं भ्यान चलाएर गाई संरक्षण अभियानलाई साथ दिएको तस्वीर सामाजिक सञ्जालमा भाईरल भईसकेको छ ।

गाईबाच्छा संरक्षण अभियानअन्तर्गत पशुपति बिकास कोषका सदस्यसचिव आफैं सडकका गाइबाच्छाको संरक्षणमा लाग्दै । तस्विर/डा ढकालको फेसबुकबाट

 

 

थापाको टेवीट्ः  सडकमा अलपत्र छाडा गाई र बाच्छा संरक्षण कार्यमा पशुपति क्षेत्र बिकास कोष र निजी क्षेत्रको बतास अर्गनाइजेसनले गरेको प्रयास अत्यन्त प्रशंसनीय छ। पशुपति क्षेत्र बिकास कोष तथा बतास अर्गनाइजेसनको यस अभियानमा राप्रपाको सहयोग र एक्यबद्धता रहने छ। सत्कार्यको निमित्त धन्यवाद @RajBatas