पर्यटन/संस्कृति

काठमाडौं/खाडीमा रोजगारी झन केन्द्रित भयो, राजधानी सारौंः निरौला

काठमाडौं । पर्यटन पोर्डका पुर्ब प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले नेपालको राजधानी काठमाडौंकाट बाहिर सार्नुपर्ने कुरामा बहस गर्नुपर्नेमा नयाँ बहस गर्नुपर्ने बेला आएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै लकडाउनको समयमा उपत्याका बाहिर जानेहरु मजदुरी गर्न काठमाडौं आएका भनिनु दुःखद भएको भन्दै मजदुरी गर्ने ठाउँ कि त काठमार्डौ कि त खाडीमात्र भएको यसबाट पुष्टी भएको दाबी गरेका छन् ।
केहीबर्षदेखी प्रदेश नम्बर १ को मोरङ जिल्लाको उर्लाबारीस्थीत पैतृक थलोमा कृषि तथा पशुपालन फर्म संचालनमा समेत लागेका पर्यटन निरौलाले हाम्रो देशमा रोजगारी काठमाडौं र खाडी–मलेशियामा मात्र झन झन केन्द्रित भएको देखिनुले नयाँ बहस नगरि नहुने समय आएको बताएका छन् । राजधानी बस्ने नेपालीहरु आफ्ना प्रियजन र पारिवारिक जिम्मेवारीको कर्तव्य बोधले भोकै प्यासै रात बिहान नभनेर जस्तो सुकै दुःख पीडा पनि झेलेर मेचि महाकाली सम्म को पैदल यात्राको लर्को देख्दा एउटा नयाँ बहसको थालनी गर्नै पर्ने भएको उनको दाबी छ । निरौला आर्थिक तथा सामाजिक बिश्लेशकको रुपमा समेत रहेकाले अब मुलुकको दीगो विकासका लागि राज्यले नयाँ कदम नचालि नहुने बताउँदै आफैं मोरङबाट सुरु गर्दै कृषि उद्यममा सकृय भएका छन् ।

निरौलाको स्टाटस्ः
यो महामारी मा काठमाडौं उपत्यकामा Lockdown मा परेर आफ्ना प्रियजन र पारिवारिक जिम्मेवारीको कर्तव्य बोधले भोकै प्यासै रात बिहान नभनेर जस्तो सुकै दुःख पीडा पनि झेलेर मेचि महाकाली सम्म को पैदल यात्राको लर्को देख्दा एउटा नयाँ बहसको थालनी गर्नै पर्ने भएकोछ !! यो समूहमस लगभग सबै जना काठमाडौं मा ‘मजदुर” भएको भनिएको छ ! आजको परिवर्तित नेपाल मा पूर्व मेची देखि महाकाली सम्म रोजगारी को समान सम्भावना श्रिजित भईसक्नु पर्ने मा यो घटनाले त हाम्रो देशमा रोजगारी काठमाडौं र खाडी–मलेशियामा मात्र झन झन केन्द्रित भएको देखिन्छ ! अब यस्को एउटै मात्र बिकल्प कि काठमाडौंबाट राजधानी सार्ने, की त यहाँ अत्यावश्यक बाहेक का सबै साना ठुला उद्योग लाई तत्काल देशको अन्य भागमा बिस्थापन गर्न अब धेरै ढिलो भईसक्यो ।