२ बैसाख, काठमाडौं । नेकपाकी युवा नेतृ तथा साँसद नविना लामाले अब सरकारले यो पेप्सीकोला क्षेत्रको सबै जनताको स्वास्थ्य जाँच गर्नुपर्ने बताएकी छन् । उनले सरकारको फ्रिज हुन लागेको बजेट प्रयोग गरि र बिभिन्न कोषमा रहेको रकम प्रयोग गरिहाल्नु बताउँदै सनसिटीमा बस्दै आएका तीनजनाले सरकारी नियम उलंघन गरेको बताएकी छन् ।
उनले अब संक्रमणको संख्या यसरी बढ्यो भने लकडाउन कसरी प्रभावकारी हुन्छ? भन्ने प्रश्न गर्दै लकडाउन प्रभावकारी बनाउन सहयोग दिनेहरुको सहायतालाई परिचालन गर्नुपर्ने बताएकी छन् । लण्डनबाट आएर अपार्टमेन्टमा सरकारी नियम उलंघन गर्दै बसेका तीन ब्यक्तीमध्ये दुईलाई कोरामेना पोजेटिभ भएपछि नेतृ लामा आक्रोशित भएकी हुन् ।
नविना लामाको स्टाटस्ः
चैत्र ५ गते लन्डनबाट सनसिटी आपार्टमेन्टमा आएर बसेको आमा बुवा छोरीले सरकारक़ो नियमलाई ठाडो चुनौति दिएका देखीन्छ ! अब संक्रमण संख्या यसरी बढ्यो भने लकडाउन कसरी प्रभावकारी हुन्छ? अब सरकारले यो पेप्सीकोला क्षेत्रको सबै जनताको स्वास्थ्य जाँच गर्नु पर्छ। सरकारको कार्यसम्पादनलाई तिब्रता दिनुपर्छ। सहयोग दिनेहरुको सहायतालाई परिचालन गर्नुपर्दछ। सरकारको फ्रिज हुन लागेको बजेट प्रयोग गरि र बिभिन्न कोषमा रहेको रकम प्रयोग गरिहाल्नु पर्दछ।