काठमाडौं । पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले लकडाउन लम्बिएसँगै अनौपचारिक क्षेत्रमा काम गर्ने देशका ७० प्रतिशत श्रमिकहरूको दैनिक गुजारानिम्ति विशेष राहतको व्यवस्था राज्यले गर्नुपर्ने बताएका छन् ।
उनले ठेकेदार भाग्ने र लकडाउनले घर फर्कन पनि नसक्ने भएपछि श्रमिक भोकै मर्ने अवस्था बन्दैछ भन्दै सरकारलाई सचेत गराएका छन् । डा भट्टराईले रोजगारी गुमेको अवधिभर राज्यले नै गुजारा राहतको व्यवस्था गर्नु वेश होला भन्ने सल्लाह दिएका छन् ।
सरकारले आज बसेको मन्त्रीपरिषद बैठकले लकडाउन १२ दिनका लागि थप गरेपछि अप्ठ्यारोमा परेका मजदुरहरु अझै अप्ठ्यारोमा परेपछि डा भट्टराईको उक्र प्रतिकृया आएको हो ।
उनको ट्वीट्ः लकडाउन लम्बिएसंगै अनौपचारिक क्षेत्रमा काम गर्ने देशका ७० श्रमिकहरूको दैनिक गुजारानिम्ति विशेष राहतको व्यवस्था पनि हुनुपर्यो। ठेकेदार भाग्ने र लकडाउनले घर फर्कन पनि नसक्ने भएपछि श्रमिक भोकै मर्ने अवस्था बन्दैछ। रोजगारी गुमेको अवधिभर राज्यले नै गुजारा राहतको व्यवस्था गर्नु वेश होला !