एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई अमेरिकाले उपलब्ध गराउने फन्ड रोक्न निर्देशन दिएका छन् । मंगलबारको पत्रकार सम्मेलनमा ट्रम्प स्वयंले यस जानकारी सार्वजनिक गरेका हुन् ।
कोरोना भाइरस संक्रमणलाई लिएर डब्लुएचओको समीक्षा भएको र उक्त संस्थाले आधारभूत जिम्मेवारी समेत पूरा गर्न नसकेको ट्रम्पको आरोप रहेको छ । उनले भनेका छन् यस विषयलाई लिएर विश्व स्वास्थ्य संगठन जवाफदेही हुन आवश्यक छ ।
ट्रम्पले डब्लुएचओ चीनलाई लिएर पक्षपाती भएको समेत बताए । यसअघि पनि उनले पटक पटक स्वास्थ्य संगठन चीन परस्त भएको बताएका थिए। सामाजिक सञ्जालमा चीनले कोरोना भाइरसविरुद्धको लडाइमा गरेको प्रयासहरुको तारिफ समेत गरेका थिए ।
पत्रकार सम्मेलनमा भने चीनकै संक्रमितको संख्या र मृतकको संख्या बारे गलत सूचना सार्वजनिक भएको संकेत गर्दै डब्लुएचओले दुनियाँलाई कोरोना भाइरस संक्रमण बारे गलत सूचना दिइरहेको बताए । ती फर्जी सूचनाकै कारण मानिसहरु मर्ने संख्या बढ्दो रहेको उनको दाबी छ ।