राजनीति

नाफा र कमिसनको चक्करमा परेर ओली सरकार माहामारीको नियन्त्रणमा असफलः नेता विश्वकर्मा

३ बैशाख काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मीन बहादुर विश्वकर्माले नाफा र कमिशनको चक्करमा परेर ओली सरकार कोरोना माहामारीको नियन्त्रणमा सरकार असफल भईरहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता विश्वकर्माले पर्याप्त तयारिको समय पाउँदा पाउदै पनि शुरुमा नबुझेर, दोश्रोमा बेवास्ता गरेर, तेस्रोमा नाफा र कमिसनको चक्करमा फसेर र त्यस पछि नक्कली सामग्री बितरण गरेर सरकार असफल भएको दाबी गरेका छन् ।

कोरोना महामारीको चपेटामा नेपाल पर्दैछ भन्ने विश्व स्वास्थ संगठनको बारम्बार चेतावनी आइरहेको अबस्थमा सरकारको अझै सन्क्रमितको संख्या कम देखिएकोमा आनन्दित हुने र रयापिड टेस्ट नगर्ने प्रवृत्ति देखिएको बताए । उनले मुलुकका लकडाउन गरेरमात्रै कोरोना नियन्त्रण नहुनेतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

उनले आफै टेस्ट गर्न जान प्रोत्साहित नगर्ने, आइसोलसनमा बस्न आकर्षित नगर्ने, लकउनमा बसेकालाई अत्ति आबश्यक सेवा सुबिधा प्रदान नगर्ने हो भने यस्तो गैर जिम्मेवार लक्डाउन कोरोना सन्क्रमितको संग्रह गर्ने र परिणाम शून्य हुने कार्य जस्तो सावित होला भन्दै चेतावनी दिएका छन् ।

 

उनको स्टाटः पर्याप्त तयारिको समय पाउँदा पाउदै पनि शुरुमा नबुझेर, दोश्रोमा बेवास्ता गरेर, तेस्रोमा नाफा र कमिसनको चक्करमा फसेर र त्यस पछि नक्कली सामग्री बितरण गरेर सरकार असफल भयो ! अब महामारिको चपेटामा नेपाल पर्दैछ भन्ने विश्व स्वास्थ संगठनको बारम्बार चेतावनी आइरहेछ ! सरकार अझै सन्क्रमितको संख्या कम देखिएकोमा आनन्दित हुने र रयापिड टेस्ट नगर्ने, आफै टेस्ट गर्न जान प्रोत्साहित नगर्ने, आइसोलसनमा बस्न आकर्षित नगर्ने, लक्डाउनमा बसेकालाई अत्ति आबश्यक सेवा सुबिधा प्रदान नगर्ने हो भने यस्तो गैर जिम्मेवार लक्डाउन कोरोना सन्क्रमितको संग्रह गर्ने र परिणाम शून्य हुने कार्य जस्तो सावित होला ! सरकारले केही गर्न नपर्ने लक्डाउन मात्रै समस्याको समाधान होइन ! बेलैमा चेत खुलोस !