काठमाडौं । कोरोनाको को असर ले अहिले देखिएको रगत अभावलाई मध्यनजर गर्दै विभिन्न सामाजिक सेवाका काम गर्दै आएको ह्याण्ड नेपालले मंगलबार ब्लड डोनेसन क्याम्प राखेको हो ।
हिमाल हस्पिटल ब्लड बैंक को सहकार्यमा क्याम्प राखेको हो । विपत को बेला सबै मिलेर एक अर्का लाई सहयोग गर्नु पर्छ भन्ने उक्त कार्यकम को उदेश्य थियो । यसअघि ह्याण्ड नेपालले विभिन्न ठाउँमा पानी साबुन, स्यानिटाईजर जस्ता अन्य सामानहरु उपलब्ध गराएको छ ।
काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत स्वस्थेकर्मीले रगत दिएका छन् । यसै मार्फत रगत दिई सहयोग गर्ने सबैमा संस्थाका प्रवक्ता सतिस गौतमले सबै मा धन्यबाद व्यक्त गरेका छन् ।
कोभिड १९ कोरोना विरुद्ध को लड़ाईलाई जित्नका लागि सबै जना घरमै बसौ , सरसफाइ गरी, दूरी कायम राखी आफू आफ्ना र देश लाई बचाउनु पर्नमा जोड दिएका छन् ।