राजनीति

अध्यक्ष थापाको प्रश्नः खानबस्न नपाएर सयौं किमि हिंडेर घर फर्किने प्रति सरकारको जिम्मेवारी छैन ?

३ बैशाख काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले जनताप्रति अति निर्दयी नबन्न ओली सरकारलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत अध्यक्ष थापाले सरकारले भावनामा बगेर निर्णय हुंदैन भनेपनि काम नपाएर, खाने–बस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किलोमिटरको बाटो हिंडेर घर फर्किरहेकाहरु प्रति प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै सरकारको कुनै जिम्मेवारी छैन ? भन्दै प्रश्न गरे ।

साथै थापाले उनीहरुलाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्न वा घरपुग्न सहयोग गर्न आग्रह गर्दै यति भावना रहित नबन्न पनि सुझाव दिएका छन् ।

कोरोना माहमारी नियन्त्रणका लागि सरकारले मुलुकमा लगाएको लकडाउन लम्बिँदै गएपछि खाने र बस्नेको अभाव हुन थालेपछि काठमाडौंमा वस्ने मजदुर, विद्यार्थिहरु हिँडेरै भएपनि घर फर्कन थालेका छन् ।

उनको ट्वीटः सरकार भावनामा बगेर निर्णय हुंदैन भन्छ । तर,काम नपाएर,खानेबस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमि हिंडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन ? उनीहरुलाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्नोस वा घरपुग्न सहयोग गर्नोस । यति भावनारहित हुनुभएन । @kpsharmaoli