३ बैशाख दाङ । दाङको तुलसीपुरमा रहेको एक पुनः स्थापना केन्द्रमा रहेका व्यक्तिहरुलाई कोरोना माहामारीको बारेमा काउन्सिलिङ कलासहरु भईरहेको बताईएको छ ।
दाङको तुलसीपुर नगरपालीका १९ विजौरीमा रहेको रहेको नयाँ पाईला पुनः स्थापना केन्द्रमा सबै सुरक्षीत रहेको र दैनिक अनलाईन मार्फत काउन्सिलिङ क्लासहरु, ध्यान र योगा दिईरहेको बताईएको छ । संस्थाका कार्यकारी निर्देशक सुरेस भुषालको निगरानिमा दैनिक हेरचाह भईरहेको छ ।
साथै कोरोनाको माहामारीबाट सुरक्षीत राख्नका लागि उक्त संस्थामा रहेका सबै व्यक्तिहरुलाई केन्द्रले सेल्फ क्वारेन्टाईनमा राखिएको सञ्चारकर्मी कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
मुलुकैभरी माहामारीका रुपमा फैलिएको माहामारी बाट बच्न संस्थाले यस्तो उपाए अपनाएको छ । साथै उक्त संस्थाले लागुपदार्थ दुव्र्यसनिको कुलतमा फसेकाहरुको राम्रोसंग हेरचाह गरि उक्त लतबाट छुटाउन राम्रो काम गर्दै आईरहेको छ ।