समाचार

कोरोना फ्री भन्दै हिँड्नेलाई चैं कारबाही ख्वै, जनता जान्न चाहन्छन्ः नेता गुरुङ

३ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कोरोना भेटिएको भन्दै दुश्प्रचार गर्नेलाई सरकारले कारबाही गरेर ठीक गरेको बताएका छन् । नेता गुरुङले कोरोना नलागीपनि कोरोना लाग्यो भन्नेलाई कारबाही गरेपनि नेपाल कोरोना फ्री जोन भनेर सिङ्गो देशलाई महामारी तर्फ धकेल्नेलाई कारवाही गरियो कि नाई ? जनता जान्न चाहन्छन् है। भन्दै पश्न गरेका छन् । नेता गुरुङले साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई संकेत गर्दै कारवाही पद र कद हेरेर हैन कसुर हेरेर गर्नुपर्छ। भन्ने तर्क गरेका छन् । पर्यटन मन्त्री भट्टराईले झण्डै एकमहिना अगाडी नेपाललाई कोरोना फ्री मुलुक भन्दै बिदेशमा प्रचार गर्नै बताएका थिए । नेता गुरुङको भनाई त्यता सोर्झिदै कारबाही गर्दा पहुँचका आधारमा मात्र नभई जुनसुकै पदको भएपनि गलत गरेको भए कारबाही हुनुपर्ने संकेत गरेका हुन् । आज प्रहरीले एकजना ब्यक्तीले सामाजिक सञ्जालमा कोरोना नलागीकन कोरोना लाग्यो भन्दै सामाजिक सञ्जालमा स्टाटस् राखेपछि उक्त घटनामा नेता गुरुङले तुलना गरी प्रतिकृया दिएका हुन् ।

नेता गुरुङको स्टाटस्ः कुरा एकदम ठिक। कसैले अफ्बाह फैलाउने हैन। तर नेपाल कोरोना फ्री जोन भनेर सिङ्गो देशलाई महामारी तर्फ धकेल्नेलाई कारवाही गरियो कि नाई ? जनता जान्न चाहन्छन् है। कारवाही पद र कद हेरेर हैन कसुर हेरेर गर्नुपर्छ।