समाचार

कांग्रेसबाट निर्वाचित इटहरी १ का वडाध्यक्ष चौधरीको निधन

बैशाख ४ ईटहरी । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसबाट निर्वाचित एक वडाअध्यक्षको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १ का वडाध्यक्ष बिष्णु चौधरीको निधन भएको हो ।

बुधबार राति साढे १२ बजे उनको निधन भएको थियो । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका चौधरी क्यान्सर रोगबाट ग्रसित थिए ।

नेपाली कांग्रेस क्षेत्र नं . २ का सभापति रमेश पोखरेलले दिएको जानकारी अनुसार उनी लामो समय हस्पिटलमा बसेको भए पनि केही दिन यतामात्र इटहरीस्थित घरमा ल्याइएको थियो । उनको अहिले ९ बजे इटहरीको बुढीगंगा जमुना घाटमा अन्त्यष्टि गरिनेछ।