समाचार

प्रहरीले अस्पतालमा बिरामिलाई उपचार गरेर फर्किएका डाक्टरलाई कुटेपछी

बैशाख ४ काठमाडौं । त्रिवि शिक्षण अस्पतालका तीन जना चिकित्सकमाथि प्रहरीले कुटपिट गएको छ । आफ्नो ड्युटि सकेर घर फकर्ने क्रममा त्रिवि शिक्षण अस्पताल (आईओएम)मा कार्यरत तीन चिकित्सक गएराति कुटिएका छन् ।

कारोना भाईरसको माहामारीको बेलामा सर्वसाधारणको उपचारमा खटिएका तीनजना डाक्टरलाई महाराजगञ्जको कान्ती अस्पतालको पछाडी ओरालोमा बुधबार (हिजो) साँझ प्रहरीले हातपात तथा लाठी चार्ज गरेको जनाईएको छ ।

चिकित्सकहरुले आफुहरु अस्पतालबाट आएको र परिचयपत्र देखाउँदा समेत आफुमाथि लाठी चार्ज र गाली गलौज गरेको बताएका छन् ।

यसैबिच कोरोना माहामारीको बेला सर्वसाधारणको उपचारमा खटिएका डाक्टरमाथि प्रहरीद्वारा भएको हातपातमा राष्टिय आवासीय चिकित्सक संघले आपत्ति जनाएको छ ।

उत्त घटनामा संलग्न प्रहरीमाथि छानबिन गरी कारबाहिको माग गरेको छ । अध्यक्ष डा.अनुप उप्रेती र सचिव बादल कार्किले संयुक्त हस्ताक्षरित बिज्ञप्तीमार्फत सत्य–तथ्य पत्ता लगाई दोषिलाई कारबाहि नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।

यस्तै संघले विज्ञप्ति जारी गर्दै घटनालाई बाहिर ल्यापछि महनगरीय प्रहरी कार्यालय, रानीपोखरीले छानविन समिति गठन गरेको छ ।