अन्तर्राष्ट्रिय

कोरोनाः ५ लाख ४७ हजार उपचारपछि निको, संक्रमीतको संख्या २२ लाख नजिक/झण्डै देढ लाखको मृत्यु

५ बैशाख काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण भएका मानिसको संख्या २२ लाख पुग्न लागेको छ भने यसबाट मृत्यु भएकाको संख्या डेढ लाख हुन लागेको छ ।

विश्वभरको कोरोना तथ्यांक अपडेट गर्ने वर्ल्डओमिटर (नेपाली समय शुक्रबार बिहान साढे ६ बजेसम्म) को तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या २१ लख ८० हजार ७ सय ४१ पुगेको छ । यस्तै यसबाट मृत्यु भएकाको संख्या १ लाख ४५ हजार ४ सय ५१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ५ लाख ४७ हजार १४ जना निको भएका छन् । विश्वमा कोरोना कारण सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म ३४ हजार ६ सय २ जनाको मृत्यु भएको छ । त्यस्तै त्यहाँ संक्रमितको संख्या ६ लाख ७७ हजार १ सय ८० पुगेको वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।

यसपछि कोरोनाबाट सबैभन्दा बढी पीडित इटली र स्पेन हुन् । यो खबर लेख्दासम्म इटलीमा मृतकको संख्या २२ हजार १ सय ७० पुगेको छ भने १ लाख ६८ हजार ९४१ जना कोरोनाबाट संक्रमित भएका छन् ।

यस्तै कोरोनाका कारण स्पेनमा अहिलेसम्म १९ हजार ३ सय १५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ पुगेको छ ।

फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको छ । गत २४ घण्टामा ७५३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार ९ सय २० पुगेको हो । फ्रान्समा हालसम्म १ लाख ४७ हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७ सय २९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ ।