प्रवास

अमेरिका र बेलायतमा गरेर थप दुई नेपालीको कोरोनाका कारण मृत्यु

५ बैशाख काठमाडौं । चीनको उहानबट फैलिएको कोरोना माहामारीले झनै बिकराल रुप लिँदै गएको छ झण्डै डेड लाखको ज्यान लिएको भाईरसले करिब २२ लाखलाई संक्रमीत बनाएको छ । नेपालमा पनि यस्को त्यो भयावह प्रकोप नभएपनि खतरा भने उच्च छ । नेपालमा १६ जना संक्रमीत भएका छन् भने १ जना उचपारपछि निको र अन्यको उपचार भईरहेको छ ।

यस्तै नेपालमा कोरोनाका कारण कसैको मृत्यु नभएपनि बाहिरी मुलुकम रहेका नेपालीको कोरोनाका कारण मत्यु भैरहेको छ । बिहिबारमात्रै अमेरिका र लण्डनमा गरेर थप २ नेपालीको कोरोनाको कारण मृत्यु भएकोे छ । अमेरिकाको न्यूयोर्कबासी ६९ वर्षीय महेश अमात्य र लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । अमात्यको बिहीबार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रिजउड नेपाली समाजका उपाध्यक्ष तुलसीराम आचार्यका अनुसार अमात्यलाई स्वास्थ्यमा थप समस्या आएपछि बुधवार साँभ अस्पताल लगिएको थियो । काठमाडौं घर भएका अमात्यका एक श्रीमती र ३ छोरा छन् । अमात्य केहीमहिना पहिले मात्रै अमेरिका आएको जानकारी दिइएको छ । परिवार निकटले दिएको जानकारी अनुसार उनकी श्रीमतीलाई समेत कोरोना भाइरसको लक्षण देखिएको छ । अमात्य सहित अमेरिकाको न्यूयोर्कमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ८ पुगेको छ । त्यसमध्ये ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने बाँकी ३ जनाको रिर्पोट नआएको बताईएको छ ।

यस्तै कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो । स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष ले जानकारी दिएका छन् ।

अध्यक्ष रेग्मका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहेकोे बताएका छन् । हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।