५ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका केन्द्रिय सदय तथा सांसद गगन कुमार थापाले लकडाउनका कारण पैदल घर हिँडेकाहरु बाटोमा अलपत्र परेकोमा सरकारले चासो नदिएको भन्दै आक्रोस पोखेका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत नेता थपाले बाटामा भोकभोकै अलपत्र नागरिक हेरेर हामी बाच्नुको के अर्थ र ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आक्रोस युक्त प्रश्न गरेका छन् ।
उनले केही नगर्ने हो भने ति बाटोमा अलपत्र नेपालीको आँसुले पोल्ने भन्दै व्यवस्थापनका उपायहरु धेरै रहेको बताए । साथै बाटामा अलपत्र नेपालीको व्यवस्थापनमा आपुहरु छलफल र सहयोग गर्न तयार रहेको भन्दै तिनिहरुको व्यवस्थापनमा सरकार र प्रतिपक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
उनको ट्वीटः .@PM_Nepal दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छरुमलाइ त म यिनको प्रतिनिधि हो भन्ने सोच्दा लज्जाबोध हुन्छ । यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ ! केही नगर्ने हो भने यिनका आँसुले पोल्नेछ।यिनको व्यवस्थापनका उपाय छन् । हामी छलफल गर्न चाहन्छौं । बोलाउनुस,मिलेर काम गरौं ।