राजनीति

धनराजको अपीलः भ्रष्ट सरकारको भर नपर्नुस्, ‘७७ सभापतिले आफ्नो जिल्लाका अलपत्र नागरिक उद्वार गर्नुस्’

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले नेपाली काँग्रेसका ७७ वटै जिल्लाका सभापतिलाई पत्र लेख्दै आफ्ना जिल्लाका अलपत्र नागरिकलाई समन्वय गरेर उद्वार गर्न आग्रह गरेका छन् । उनले मजदुर तथा बिचल्लीमा परेका नागरिकहरु बिभिन्न शहरबाट आफ्नो घरतर्फ हिँडिरहेका बेला समन्वय गर्दा सरकारको प्रशासनले रोक्न नसक्ने भन्दै जनबिरोधी सरकारले अबरोध गर्न खोजे जनता आफैले प्रतिरोध गर्ने दाबी गरेका छन्।

उनले भनेका छन्ः

श्रदेय नेका जिल्ला सभापतिज्युहरु,
जयनेपाल !
भ्रष्ट जनबिरोधी सरकारको आस नगरौं। बिभिन्न शहरबाट आआफ्नो घरतर्फ हिंडिरहेका मज्दूर, असहाय नागरिकहरु बाटोमा विचल्लीमा परेको सूचना पाउने बित्तिकै एक जिल्लाले अर्को जिल्लसँग समन्वय गरेर उद्वार गर्नु हुन विनम्रताका साथ अनुरोध गर्दछु। उद्वार कार्यमा भ्रष्ट, जनबिरोधी सरकारले अबरोध गर्न खोजे जनता आफैले प्रतिरोध गर्नेछन्। जयनेपाल।
तपाईंको साथी
धनराज गुरुङ्ग
नेका केन्द्रीय सदश्य