५ बैशाख काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठले घरभाडा र खानाको सम्स्यामा परेकाहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटमार्फत नेता श्रेष्ठले अव कोही पनि आफु बस्ने गरेको ठाउँबाट बाहिर ननिस्कन भन्दै लकडाउन को कडाई पुर्बक पालाना गरी स्व – क्वारान्टिनमा बस्न सबैलाई आग्रह गरेका छन् ।
प्रवक्ता श्रेष्ठले सम्बन्धित ब्यक्तिको घरमा रहेको परिवार समेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गर्नुपर्नेमा जेड दिएका छन् ।
श्रेष्ठले लकडाउनपछि घर जानलाई हिँडेर बाटोमा अलपत्र परेका नेपालीहरुलाई सँबन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढङ्गले घरमा लैजाने ब्यबस्था गर्न भनेका छन् ।
उनले बास बसेका ठाँउहरुमा त्यहाँको स्थानीय सरकारले क्वारान्टिनको अवस्था रहने गरी खाना र बास व्यवस्था मिलाउन जोड दिएका छन् ।
उनको ट्वीटः लकडाउनको अबस्थामा घर जान पैदल यात्रामा निस्किसक्नुभएकाहरुको दुखः ब्यथा सहजै अनुभुत गर्न सकिन्छ । उहाँहरुलाई सँबन्धित स्थानीय सरकारले सम्पर्क गरी सहज ढङ्गले घरमा लैजाने ब्यबस्था गर्नुहोला । बास बसेका ठाँउहरुमा त्यहाँको स्थाड्डसड्डले क्वारान्टिनको अवस्था रहने गरी खाना र बास मिलाऔं / तर अव कोही पनि आफु बस्ने गरेको ठाँबाट ननिस्कौं । लकडाउन को कडाईपुर्बक पालाना गरी स्वा–क्वारान्टिनमा बसौं । सरकारले घरभाडा र खानाको सम्स्यामा परेकाहरुको समस्या समाधान तु गरौं । सम्बन्धित ब्यक्तिको घरमा रहेको परिवार समेत उसको आम्दानीबाट मात्र बाँच्न सक्ने स्थिति हो भने त्यो पनि हल गरौं ।