सामाजिक सञ्जाल

कार्यकर्ता पोस्ने भन्दा पनि जनताको जीवन बचाउने कुरा ठुलोः पुर्व अध्यक्ष महर

काठमाडौं । नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिँह महरले कोरोना महामारी संकटका वेला पर्याप्त उपकरण र सामग्री सरकारसंग नभएका बेलामा महाबीर पुनले नेतृत्वको आविष्कार केन्द्रले आर्थिक संकटका बीच, आफ्नै नीजी तहत बाट भेन्टिलेटर , पपीई लगायतका आवश्यक उकरणहरु सके सम्म निर्माण गर्ने र निःशुल्क रुपमा दिने काम गर्नु सह्रानीय भएको बताएका छन् । उनले बीचमा ठूलो अनियमितता सरकार कृयाशील रहेको आरोप खेपी रहेको सरकारले सुकुम्बासी लगायत बिभिन्न आयोग बनाएर कार्कर्ताका लागी राष्ट्रीय ढुकुटीमा अर्बौंको रजगज चलाएको बताएका छन् ।

काँग्रेस युवा नेता महरले सल्लाह दिँदै भनेका छन्, ‘कार्यकर्ता पोस्ने भन्दा पनि संकटका वेला जनताको जीवन बचाउने कुरा ठुलो हो।’

उनले भनेका छन्,

‘कोरोना महामारी संकटका वेला पर्याप्त उपकरण र सामग्री सरकारसंग छैन । तर महाबीर पुनले नेतृत्वको आविष्कार केन्द्रले आर्थिक संकटका बीच, आफ्नै नीजी तहत बाट भेन्टिलेटर, पीपीई लगायतका आवश्यक उकरणहरु सके सम्म निर्माण गर्ने र निःशुल्क रुपमा दिने गरेको छ ।
यसै, बीचमा ठूलो अनियमितता सरकार कृयाशील रहेको आरोप खेपी रहेको सरकारले सुकुम्बासी लगायत बिभिन्न आयोग बनाएर कार्कर्ताका लागी राष्ट्रीय ढुकुटीमा अर्बौंको रजगज चलाएको अवस्था छ ।
एक नागरिकको हैषियतले सरकार लाई मेरो अनुरोध छ –“कार्यकर्ता पोस्ने भन्दा पनि संकटका वेला जनताको जीवन बचाउने कुरा ठुलो हो। यसर्थ नेकपाका नेता कार्यकर्ताको भरपोषणका लागी छुट्याएको अर्बौं रुपैया स्वास्थ्य क्षेत्रमा लगाउने र पुनको आविष्कार केन्द्र लाई आवश्यक पर्ने करोडौं रकम उपलब्ध गराउनु जरुरी छ।’