काठमाडौं । परराष्ट्रवीद मधुरमण आचार्यले अहिल्यै खान नपाएर वा हिड्दा हिड्दै दुःख पाएर बटुवा मर्ने स्थिति बन्नु भएन भन्दै उपत्यकाबाट भोकभोकै हिँडेर घर गईरहेका नागरिकतर्फ सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले ट्वीट गर्दै लामो यात्रामा रहेका बटुवाहरूले बाटोमा अरू केही नपाएपछि छिप्पेको मकै भाँचेर खाँदै यस्तो भन्थे अरे भन्ने उखान गाउँघर तिर प्रचलित छ भन्दै व्यंग्य गरेका छन् ।
कोरोनाले कहिले मर्ने कहिले ? तर खाना खान नपाएर अहिले नै मर्ने अवस्था आउनु राम्रो नहुने उनको तर्क छ । हप्ता १० दिनदेखी हिँडेर उपत्यका बाहिर जाने मजदुरहरुको तस्विर मिडियामा भाईरल हुन थालेपछि नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारको जनस्तरबाट आलोचना हुने क्रममा परराष्ट्रवीद आचार्यको प्रतिकृया आएको देखिन्छ । पुर्व परराष्ट्र सचिव एबम् संयुक्त राष्ट्र संघका उपमहासचिव समेत रहेका आचार्य समाजमा भएके बिकृति बिसंगतीका बिरुद्ध तीखो रुपमा प्रतिकृया दिने गर्दछन् ।
उनको ट्वीटः
“हेरी मर्नुभन्दा छेरी मर्नु जाती!”
लामो यात्रामा रहेका बटुवाहरूले बाटोमा अरू केही नपाएपछि छिप्पेको मकै भाँचेर खाँदै यस्तो भन्थे अरे भन्ने उखान गाउँघर तिर प्रचलित छ!
सोही पारी कोरोनाले कहिले मर्ने कहिले ? अहिल्यै खान नपाएर वा हिड्दा हिड्दै दुःख पाएर बटुवा मर्ने स्थिति बन्नु भएन !!