काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले बिश्वभर मुलुकको नेतृत्व गर्ने १० प्रतिशत पनि महिला नभएपनि माहामारीको सफल रुपमा नेतृत्व गर्ने उनीहरु नै भएको बताएका छन् ।
पुर्ब मन्त्री समेत रहेका डा खड्काले सामाजिक सञ्जालमार्फत ताईवानकी राष्ट्रपति, र जर्मनी, न्यूज़ीलैण्ड, आईसल्याण्ड र फ़िनलैण्ड लगायतका प्रधानमन्त्री कार्यकारी प्रमुखहरुलाई वधाई दिँदै संकट समाधानमा उनीहरुले पुरुष भन्दा महिलावढी स़क्षम छन् भन्ने प्रमाणीत गरेको बताएका छन् ।
पुरुष प्रधान मुलुकको रुपमा चिनिने नेपालमा पनि पछिल्लो संबिधानले ३३ प्रतिशत महिलालाई अनिबार्य गरिसकेको छ भने यस समाचारबाट महिलाहरुलाई नेतृत्व गर्न अझ हौसला प्रदान गर्ने देखिन्छ ।
डा खड्का आफ्नै शब्दमाः
विश्वमा माहामारीको रुपमा फैलीएको कोरोना भाईरस संकट सामधानमा
तुलनात्मक हिसावमा लोकतान्त्रिक सरकारको सफल नेतृत्व गरेका महीला नेताहरुलाई हार्दिक वधाई । यस संन्दर्भमा ताईवानकी राष्ट्रपति, र जर्मनी, न्यूज़ीलैण्ड, आईसल्याण्ड र फ़िनलैण्ड का प्रधानमन्त्रीहरु वधाईका पात्र छन । विश्वका निर्वाचित सरकार प्रमुखहरु मध्ये मात्र दस प्रतिसत मात्र महीला नेतृत्व भए पनि माहामारीर संकट समाधानमा उनीहरु पुरुष भन्दा वढी स़क्षम छन भन्ने प्रमाणीत गरेका छन् ।