सामाजिक सञ्जाल

टेलिकमले पोष्टपेडको ब्यालेन्स अनुपयुक्त ढंगले काट्यो, छानविन होस्ः प्रवक्ता आचार्य

काठमाडौं । साझा पार्टीका केन्द्रीय प्रवक्ता डा सुर्यराज आचार्यले नेपाल टेलिकमले आफ्नो रकम जथाभावी काटेको बताएका छन् ।

उनले ट्वीट गर्दै नेपाल टेलिकम @ndcl_ntले अनुपयुक्त तवरले ग्राहकको व्यालेन्स काटेको गुनासो सामाजिक सञ्जालमा भाइरल भएको जनाउँदै आफूपनि उक्त टेलिकमको जनाभाभी पैसा काट्ने टेलिकमको पीडीत ग्राहक भएको खुलाएका छन् । उनले अन्जानमा गलत भएको हो भने ब्यालेन्स सच्याएर, माफी माग्नुपर्ने बताएका छन् ।

 

डा आचार्यले कति पैसा काटियो भन्ने नखुलाएपनि उनी टेलिकमबाट धेरै नै ठगीएको हुन सक्ने अनुमान लगाईन्छ । साझा पर्टीको प्रवक्तामात्र नभएर बुद्धिजीवी बर्गमा पर्ने डा आचार्यले ट्वीटरमा नै लेख्नु त्यति सामान्यबाट नहुने सर्बसाधारणको तर्क छ । डा आचार्यले ठिकै काटिएको, र ग्राहकले नबुझेको पनि हुन सक्छ। एकिन कुरा के हो ? भन्ने प्रश्न गरेका छन् ।

ट्वीटः नेपाल टेलिकम @ndcl_ntले अनुपयुक्त तवरले ग्राहकको व्यालेन्स काटेको गुनासो सामाजिक सञ्जालमा भाइरल हुँदैछ। मेरो व्यालेन्स पनि त्यसरि काटेको पाएँ। ठिकै काटिएको, र ग्राहकले नबुझेको पनि हुन सक्छ। एकिन कुरा के हो ? जानकारी आओस् ! र केहि गरि गलत भएको हो भने ब्यालेन्स सच्याएर, माफी पनि!