प्रवास

घर जानेलाई कसरी सुरक्षित ब्यबस्थापन गर्ने ? सरकारलाई नविनका ५ सुझाव

५ बैसाख, गोन्जाउ, चीन । अहिले कोरना (कोभिड–१९) को आतंकले संसार नै त्रसित र ग्रसित छ, अमेरिका र युरोपमा त चैत बैशाखको धुपमा परालमा लागेको आगो भन्दा पनि भयावह स्थिति छ, छिमेकी देश भारतमा पनि दिनानुदिन बढने क्रम जारी छ र हाम्रो देश नेपालमा पनि फाट्ट फुट्ट केस देखिए पनि बाहिर अरु देशलाई हेर्दा त्यति आत्तिहाल्नुपर्ने स्थिति छैन तर मात्तिहाल्ने स्थिति पनि छैन त्यसैले यस्तो बेलामा बढी संयमित भएर बुद्धिमानी पुर्बक यस माहामारी संग लडनु श्रेयस्कर हुन्छ।

यस रोगको कुनै ठोस उपचार त छैन तर यसको उपचार भनेकै एक अर्कासंग दुरी क़ायम गरेर यस्को चेनलाई ब्रेक गरेर एकअर्कालाई सर्न नदिनु हो, त्यसैले सरकारले पुरा देश लकडाउन गरेको छ, यो लकडाउननै रोकथामको सबै भन्दा भरपर्दो उपाए मध्ये एक हो तर यसरी पुर्बतयारी बिनाको लकडाउनले गर्दा कोरोना भाईरस त रोकिएला तर सामाजिक बिकृती र अपराधहरु फैलीन सक्छन्। दुई चार दिनको लागी भनेर कामको सिलसिलामा घरबाट जिल्ला छोडेका मानिसहरु अप्रत्याशित लकडाउनले थुनिएर अर्कै जिल्लामा बस्नु परेको छ। सिमीत खर्च लिएर घरबाट हिडेका मानिसहरु हरु खर्च सकिएसी बेखर्ची भएर गास र बासको ब्यबस्था गर्न नसक्दा पैदलै भए पनि हप्तौ दिन लगाएर भएपनि आफ्नो घर जान आतुर छन्।

यस्तो बेलामा हो सरकार भएको आभास दिलाउनु पर्ने तर सरकार आँखा भएर पनि अन्धो र कान भएर पनि बैरो छ, हो कोरोना फैलियो भने रोक्न गार्हो हुन्छ यसमा कसैले खेलाची गर्नु हुन्न तर हाम्रो नेपालमा कोरोनाको जति प्रकोप छ त्यो भन्दा सयौ हजारौ गुणाको त्रास जनमानसमा फैलाएर सरकार अरुनै खेलमा लागेको सबैलाई प्रष्ट भैसकेको छ। यसरी जनता घरमै कोचेर मात्रै समास्याको समाधान हुदैन, कोरोनाबाट त बचाउला तर समाजमा हुने अभाबले र घरमा बस्दा बस्दा भएको नैराश्यताले जुन बिकृति र अपराध जन्माउने छ त्यो झन बिकराल हुनेछ। त्यसैले लामो समयको लकडाउनलाई कसरी सजिलो र रमाईलो बनाउने भन्नेतिर सरकारले ध्यान दिनु जरुरी छ ।

१) काठमाडौबाट घर जान चाहनेको लागि फोन गरेर नाम, जाने ठाउ र फोन नम्बर टिपाउने, यसरी टिपाउदा ठाउँको बर्गीकरण गर्ने, जस्तो की , नयां बस पार्क क्षेत्रको लागि एउटा फोनम्बर, स्वयंभु तिरको क्षेत्रको लागी अर्को, कलंकी, सातदोबाटो, कोटेस्वर, गोशाला, चावहिल, महाराजगंज इत्यादि, अनि ती नाम हरुलाई फेरी जिल्ला अनुसार बर्गीकरण गरेर नाम छुट्याउने ताकी एउटा जिल्ला भएकालाई एकैचोटी लैजान पाईयोस र ब्यबस्थापन गर्न सजिलो होस्।

२) तिनीहरुलाई यति बजे बस छुट्छ तयारी भएर बस्नु तर फोन गरेर बोलाएसी मात्रै आउने निर्देश दिने क्लबों त्यहा पुगेसी एकाएक गरेर बोलाउदा अनाबस्यक भिडभाड हुँदैन र ब्यबस्थापन गर्न सजिलो हुन्छ।

३) बस चढनु अघि डाक्टरको सहयोगमा मौखिक जाँच तथा तापक्रम नापेर आईडी कपी, फोननम्बर ट्राभल हिष्ट्री सबै राखेर, जिल्ला पुर्याउने ब्यबस्था गर्ने र जिल्ला पर्याएर पनि गाबिसको वा बडाको रोहबरमा परिवारलाई जिम्मा लाउने र चौधदिन अनिवार्य क्वारेन्टीनमा बसाउने ब्यबस्था गर्ने ।

४) प्रत्येक वडा भित्रका मानिसको दैनिक तिन चोटीको तापक्रम र अरु स्वास्थ्य स्तिथीतीको रिपोर्ट जम्मा गर्ने र निगरानी गर्ने ।

५) एक वडाबाट अर्को वडामा जान नपाईनी र वडा भित्र कोही पोजेटिभ देखिए उपचारको ब्यबस्था मिलाउने र नदेखिएको खन्डमा, वडा भित्र समय मिलाएर किनमेल गर्ने समय मिलाईदिने, र सामाजिक दुरी कायमै राख्न लगाउने, मास्क अनिवार्य लगाउनु पर्ने , बिहान बेलुका समय तोकेर शारीरिक ब्याम र योगा गर्न पनि उत्प्रेरित गर्न सकिन्छ किनकी कोरोनासंग लड्न हौसला र आत्मबलको जरुरी पर्दछ। कोरनासंग यसरी कोठा भित्र लुकेर होईन बुद्धिमानी र धैर्यता पुर्बक सामना गरेमामात्र यो युद्ध जित्न सकिन्छ नत्र भने कोरोनाले भन्दा पहिला अभाब र नैराश्यताले मान्छे मर्नेछन्।

(नबिन विक चीनबाट एनआरएनका केन्दीय सदस्य हुन्, स्वास्थ सामाग्री खरिदमा भएको भ्रष्टाचारको कुरा बाहिर ल्याउने अभियान्ता समेत हुन् ।)