अन्तर्राष्ट्रिय

कोरोना कहरः संक्रमीतको संख्या २२ लाख वढी, डेढ लाख भन्दा धेरैको मृत्यु/५ लाख ७१ हजार धेरै निको

बैशाख ५ काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २२ लाख ४८ हजार ८ सय ६४ पुगेको छ । संक्रमितको संख्या अमेरिकामा सबैभन्दा बढी छ ।

त्यहाँ ७ लाख ९ हजार ७ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै स्पेनमा १ लाख ९० हजार ८ सय ३९, इटालीमा १ लाख ७२ हजार ४ सय ३४, फ्रान्समा १ लाख ४७ हजार ९ सय ६७, जर्मनीमा १ लाख ४१ हजार ३ सय ९७, बेलायतमा १ लाख ९ हजार ७ सय ६९ जनाको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वल्र्डमिटरले सार्वजनीक गरेको आज शनिबार बिहानसम्मको तथ्यांक अनुसार, १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेको संख्यामा अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ ३७ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ । इटालीमा २२ हजार ७ सय ४५, स्पेनमा २० हजार २, फ्रान्समा १८ हजार ६ सय ८१, बेलायतमा १४ हजार ५ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ५ लाख ७१ हजार ५ सय २३ जना भने उपचारपछि निको भएका छन् । निको हुनेको संख्या जर्मनीमा सबैभन्दा बढी छ ।

त्यहाँ ८३ हजार १ सय १४ जना संक्रमणपछि पनि निको भइसकेका छन् । त्यस्तै चीनमा ७७ हजार ९ सय ४४, स्पेनमा ७४ हजार ७ सय ९७ जना निको भइसकेका छन् । नेपाल पनि ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित एक जना उपचारपछि निको भइसकेका छन् भने बाँकीको उपचार जारी छ ।