सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः निरंकुश ओली तन्त्र झनै निरंकुशतिर

६ बैशाख काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले लकडाउनका बेला सुरक्षाकर्मीबाट डाक्टर र औषधि किन्न जाने मान्छे समेत कुटिएको प्रति टिप्पणी गरेका छन् ।

उनले इन्सपेक्टर औंषधि किन्ने महिलालाई निर्घात कुट्ने, डीआइजी प्रहरीलाई उत्तेजित नगरूँ भन्दै कुट्नेको बचाउ गर्ने, प्रहरी प्रमुख मूक दर्शक भन्दै कटाक्ष गरेका छन् ।

साथै यस्तो अवस्थामा गृहमन्त्री बादल सत्ताको नशामा लठ्ठ, प्रधानमन्त्री ओली नीति उपदेशमा मग्न रहेको भन्दै बिनाकारन नगरिक कुटिँदा समेत कसैलाई मतलब नभएको बताए । साहित्यकार संग्रौलाले ओलीतन्त्र झनै निरङ्कुश तिर गईरहेको दाबी गरेका छन् ।

 

उनको ट्वीटः इन्सपेक्टर औंषधि किन्ने महिलालाई निर्घात कुट्ने,डीआइजी प्रहरीलाई उत्तेजित नगरूँ भन्दै कुट्नेको बचाउ गर्ने ! प्रहरी प्रमुख मूक दर्शक,गृहमन्त्री बादल सत्ताको नशामा लठ्ठ,प्रम ओली नीति उपदेशमा मग्न१नागरिक कुटिऊन्,कसैलाई मतलब नाइँ ! निरङ्कुश ओलीतन्त्र झनै निरङ्कु शतातिर,हैट् !