६ बैशाख काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थपाले श्रमीक र अलपत्र परेका नेपालीलाई घर लान कुनै आलटाल नगर्न सरकारलाई पुनः आग्रह गरेका छन् ।
समाजिक सञ्जाल ट्वीटमार्फत श्रमिक र सडकमा अलपत्र परेका मानिसको सम्बन्धमा सर्वोच्चले दिएको आदेशको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन् ।
उनले प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा, स्वास्थ्य र सुरक्षाका आवश्यक मापदण्ड पालना गर्दै संक्रमणको जोखिम कम हुने गरेरै यो काम गर्न सकिने भन्दै अब कुनै आलटाल नगरी काम सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
उनको ट्वीटः श्रमिक र सडकमा अलपत्र परेका मानिसको सम्बन्धमा सर्वोच्चले आज महत्वपूर्ण आदेश दिएको छ । @PM_Nepal प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा,स्वास्थ्य र सुरक्षाका आवश्यक मापदण्ड पालना गर्दै संक्रमणको जोखिम कम हुने गरेरै यो काम गर्न सकिन्छ,गर्नैपर्छ । अब कुनै आलटाल नहोस् । काम शुरू गरिहालौं ।