६ बैशाख काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको गति न ह….न बाटो छोड्छ भने जस्तो भएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले मिडिया, सांसद, अदालत सबै चिच्याउँदा पनि लकडाउनका कारण लम्बे यात्रामा भोकै पैदल हिंडेका श्रमिकहरूको पीडाले सरकारलाई छुँदैनछुएको भन्दै दुःख व्यक्त गरेका छन् ।
भूकम्पको वेलाजस्तो सांसद रनागरिकले स्वतन्त्र पहल गरौं भने पनि स्वास्थ्य प्रोटोकलले नमिल्ने भन्दै उनले यस्तो लेखेका छन्ः श्रमिक जागेका दिन पर्ख कणहरू ।
कोरोना संक्रमण् रोकथामका लागि मुलुकैभरी लकडाउन भएपछि काठमाडौंमा पढ्न बसेका र दैनिक ज्यालादारी गरी खाने श्रमीकहरु संकटपुर्ण पैदल यात्र घरतिर गईरहेका छन् । सर्वाेच्चले वाटोमा अलपत्र परेका नागरिकलाई घरसम्म सुरक्षीत पुर्याउन सरकारलाई आदेश दिएपनि सरकार भने मौन छ ।
उनको ट्वीटः सरकारको गति न ह… न बाटो छोड्छ भने जस्तो भयो ! मिडिया, सांसद, अदालत सबै चिच्याउँदा पनि लम्बे यात्रामा भोकै पैदल हिंडेका श्रमिकहरूको पीडाले यसलाई छुँदैछुँदैन ! भूकम्पको वेलाजस्तो हामी सांसदरनागरिकले स्वतन्त्र पहल गरौं भने पनि स्वास्थ्य प्रोटोकलले नमिल्ने ! यी श्रमिक जागेका दिन पर्ख कणहरू !