राजनीति

अध्यक्ष थापाको मागः जे कारणले भएपनि घर हिंडेकाको उचित व्यवस्थापन होस्

बैसाख ६, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले उपत्यकाबाहि जान लागेका श्रमिक तथा असहायहरुलाई यथास्थानमा राख्न नसक्ने, घरफर्कन सहयोग पनि नगर्ने कार्यले आमजनतामा सरकारप्रति नकारात्मक धारणा बढदै गएको बताएक छन् ।

उनले ट्वीट गर्दै गलत निर्णय गरेको भए सच्याउन सकिने भन्दै अनावश्यक हठ गरेमा त्यो कमजोर हतियार हुने दाबी गरेका छन् । पुर्व उपप्रधानमनत्री समेत रहेका थापाले, ‘विभिन्न कारणले घरजान हिंडेकाको उचित व्यवस्थापन होस्’ ओली सरकारलाई जनताले पाएको दुःखतिर ध्यान दिन आग्रह गरेका छन् ।

अध्यक्ष थापाले सरकारलाई जनताको समस्याका सम्बन्धमा पटक पटक निराकरणका लागि आग्रह गरिरहेका छन् । अध्यक्ष थापाले कुनैपनि कारणबाट उपत्यका बाहिर जान झोली बोकेर हिँड्ने नेपालीहरुको तस्विर समेत राखेर ट्वीट गरेका छन् ।

अध्यक्ष थापाको आफ्नै शब्दः
यथास्थानमा राख्न नसक्ने, घरफर्कन सहयोग पनि नगर्ने कार्यले आमजनतामा सरकारप्रति नकारात्मक धारणा बढदैछ।
निर्णय उपयुक्तरप्रभावकारी नदेखिएमा त्यसलाई सच्याउनु गतिशीलरलोकप्रिय नेतृत्वको गुण हो। अनावश्यक हठ कमजोरको हतियार हो। विभिन्न कारणले घरजान हिंडेकाको उचित व्यवस्थापन होस् @kpsharmaoli