६ बैसाख, काठमाडौं । नेपाली काँग्रेस बाग्मती प्रदेशकी प्रमुख सचेतक एबम् युवा नेतृ राधा घलेले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई निशुल्क रुपमा माक्स, स्यानिटाईजर, पीपीइ लगायतका सामाग्री अस्पतालहरुलाई उपलब्ध गराएकोमा धन्यबादमात्र नभएर स्यालुट गरेकी छन् ।
नेतृ घलेले सरकारलाई यो माहामारी नियन्त्रण, न्युनिकरण र ब्यबस्थापन गर्नको लागि प्रयाप्तसमय र साथ सहयोग पाउँदा पनि उचित ब्यबस्थापन गर्नबाट चुकी रहेको भन्दै लकडाउन को कारण मजदुर र निम्न बर्गका जनताको जीवन अति कस्टकर बन्दै गएको बताएकी छन् ।
साँसदक घलेले सरकारले राहत दिने घोषणा गरेको भए पनि झन्जटिलो प्रकृयाका करण पनि सबैले राहत पाउने अबस्था छैन। त्यसैले कयौं १२ १५ दिन हिडेर घर पुगेका छन् भने कोहि महिला बालबालिका समेत बाटोमा बिचल्ली परेका छन् । त्यस्तै सैयौंंको संख्यामा टुंडिखेलमा खुल्ला आकाश मुनि रात बिताउन बाध्य छन् । यी जानताका समस्याको समाधान गर्नुको सट्टा आफ्नै नेता कर्याकर्ता र आसेपासे लाई जागीर कुवाउने हतार भएको देखिँदै आफ्ना कार्यकर्तालाई सुकुम्बासी आयोग लगायतमा नियुक्री गर्नतिरलागेको देखिएको बताएकी छन् ।
नेतृ घलेकै शब्दमाः
वर्तमान सरकार जनता प्रतीको आफ्नो जिम्मेवारी को बेवास्ता गर्दै, यस्तो गम्भीर संकटको समयमा पनि आयोगहरु गठन गरेर आफ्ना निकटतम्हरुलाइ राजनीतिक ब्यवस्थापन गर्न र जागीर खुवाउन उद्दत भएको छ। हालको यो विषम परिस्थितिमा सरकारको पहिलो प्राथमिकताको बिषय भनेको, कोरोनाको माहामारि नियन्त्रण न्युनिकरण र ब्याबस्थापन गर्नु हो। सरकारले देश लकडाउन गरेको आज २६ दिन पूरा भएको छ, तर यो समयमा जनताको लागि उचित ब्याबस्थपन गर्न सकेको छैन !! सरकारलाई यो माहामारी नियन्त्रण, न्युनिकरण र ब्यबस्थापन गर्नको लागि प्रयाप्तसमय र साथ सहयोग पाउँदा पनि उचित ब्यबस्थापन गर्नबाट चुकी रहेको छ। लकडाउन को कारण मजदुर र निम्न बर्गका जनताको जीवन अति कस्टकर बन्दै गएको छ। सरकारले राहत दिने घोषणा गरेको भए पनि झन्जटिलो प्रकृया क करण पनि सबैले राहत पाउने अबस्था छैन। त्यसैले कयौं १२ १५ दिन हिडेर घर पुगेका छन् भने कोहि महिला बालबालिका समेत बाटोमा बिचल्ली परेका छन् । त्यस्तै सैयौंंको संख्यामा टुंडिखेलमा खुल्ला आकाश मुनि रात बिताउन बाध्य छन् । यी जानताका समस्याको समाधान गर्नुको सट्टा आफ्नै नेता कर्याकर्ता र आसेपासे लाई जागीर कुवाउने हतारमा देखिन्छ । त्यसरी नै येतिबेला विश्वका अधिकाँस देशहरु लकडाउनमा छन् र त्यहा रहेका नेपालीहरु समस्यामा परेका छन् , एकातिर कोरोना महामारिको डर छ, भने अर्का तिर भएको रोजगारी पनि माहामारी कै कारण खोसिएको अबस्थाले गर्दा भोकै मरिएला भन्ने डर, बिशेष गरेर बैदेसिक रोजगारमा गएका र विद्यार्थीहरु ठूलो समस्यामा परेका छन् । यस्तो परिस्थितिमा सरकारले आफ्ना नागरिकहरुका लागि, ती देशहरु संग समन्वय र कुटनीतिक पहल गर्नु पर्ने हो तर यो काम सरकारले गरिरहेको छैन । त्यसैले सरकारले या त आफ्ना नागरिक को उद्धार गर्नु पर्यो या त्यही देशमा नै उनिहरुको स्वास्थ्य तथा खाद्य सुरक्षा को ब्यबस्था गरियोस भन्ने पनि माग गर्दछु। साथै मानव सभ्यतामाथी नै चुनौती को रुपमा देखापरेको कोरोनाको माहामारी लाई प्रतिपक्ष लगायत सम्पुर्णंले आ–अफ्नो ठाउँबाट सकेको साथ र सहयोग पाई रहेको छ। विशेष गरेर अहिले राष्ट्रिय आविष्कार केन्द्र, जसले हस्पिटलहरुको बिग्रेको भ्यन्टिलेटर बनाउने देखि पिपिइ बनाएर स्वस्थ्यकर्मी सुरक्षा कर्मी र एम्बुलेन्स चलकलाई समेत निःसुल्क उपलब्ध गरएको छ र अन्य कोभिड १९ चेक गर्दा चिकित्सकको सुरक्षा गर्ने कोरोना बुथ र एसोसेल बक्स, लगयत का उपकरन हरु उपलब्ध गराएर सरकारलाई यति ठूलो मद्दत गरिरहेको छ। म आविस्कार केन्द्रका प्रमुख माहाविर पुन ज्यु, अन्य साइन्टिस्ट, इन्जिनियरलाइ धन्यबाद दिन चाहन्छु, सल्युट गर्न चाहन्छु। तर सरकारले यति ठूलो माहामरी को समयमा पनि एक पछि अर्को गलत निर्णय गर्दै जानू भनेको सरकारको नियत नै हो कि भन्ने प्रश्न उठ्न थलेको छ। सोच्न बाध्य भएको छु कि के गर्दै छ यो सरकार ?