पु.समाचार

काँग्रेसको निर्देशन मान्दै नेता बलायर मजदुर/बिद्यार्थीको कोठा–कोठामा, दिए मनग्गे राहत

६ बैसाख, काठमाडौं । सुदूरपश्चिमलाई राजनीतिक क्षेत्र बनाएका डोटीका बीर बहादुर बलायरले काठमाडौंमा अलपत्र अवस्थामा रहेका मजदुर एबम् बिद्यार्थीको कोठा कोठामा राहत बितरण गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य तथा पूर्ब मन्त्री समेत रहेका नेता बलायरले प्रति बिद्यार्थी १० किलो चामल, तेल र दाल बितरण गरेको सचिवालयको दाबी छ । मन्त्री हुँदा समेत भ्रष्टाचार नगर्ने भनी चिँनिदै अँएका नेता बलायरले आठ सय किले चामल, ८० किलो दाल अलि नून, मसला, खानेतेल बितरण गरेका छन् ।

खानको समस्या भएपनि काठमाडौमा भाडावाला भन्दै घरपतिले हेप्ने समस्या झेलेका सुदूरपश्चिमबाट आएर अनामनगर, नयाँबानेश्वर, किर्तिपुर, कपन, घट्टेकुलो, कालीमाटी, शंखमुल, बुद्धनगर, भक्तपुरको जडिबुटी–लोकन्थली लगायतका स्थानमा गएर आफैंले राहत बितरण गरेका छन् ।

नेता बलायरले कोरोना भाईरसको महामारीले कसैलाई त्यस्तो खानकै समस्या भएमा आफूलाई सम्पर्क गर्न समेत भनेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारमात्र आफ्ना कनेता कार्यकर्ताहरुलाई कोरोना संक्रमणका समयमा जनतालाई परेको दुःख टुलु टुलु हेरेर नबस्न आग्रह गर्दै उद्दार तथा राहत कार्यमा लाग्न निर्देशन दिएका थिए ।
नेता बलायर काँग्रेसको निर्देशनको पालना गर्ने उच्च स्तरको पहिलो नेता भएको काँग्रेसबृतमा चर्चा हुन थालेको छ ।