-डा सुरेन्द्र सिटौला -कविता
गरिबीमा! हार्न कुनै डरहुन्न
डर भित्र मृत्युको कहर हुन्न
आँसुसँग गरिबीको प्यार हुन्छ
प्यार भित्र ईश्रको घरबार हुन्छ
घरबार भित्र कुबेरी दरबार हुन्छ
दरबार भित्र मृत्युको कारोबार हुन्छ
गरिबी कारोबारमा कुनै डर हुन्न
डर भित्र मृत्युको कहर हुन्न ।
गरिबीमा!
अभिमान बस्ने कुनै घर हुन्न
स्वाभिमान नमरेको प्रहर हुन्न
अपमानले गरिबीको स्वाभिमान छुन्न
स्वाभिमान भित्र गरिबीको डर डर हुन्न
डर भित्र मृत्युको कहर हुन्न
गरिबीमा!
अभिमानले सजाउने महल हुन्न
महल रमाउने गजल हुन्न
अभिमानको हतैसी मतियार हुन्न
गरीबी हड्पीने संधियार हुन्न
मृत्यु बाड्ने अंसियार हुन्न
गरिबको महलमा गरिबीको डर हुन्न
डरभि मृतयुको कहर हुन्न ।
गरीबीमा!
बाँच्ने ठुलो रहर हुन्न
रहरभित्र खुशीको सहर हुन्न
शहरभित्र गरिवको घर हुन्न
घरभित्र गरीबीको डर हुन्न
डरभि मृत्युको कहर हुन्न ।