राजनीति

बिश्वप्रकाशको प्रधानमन्त्रीलाई आग्रहः स्वास्थ्यकर्मीलाई हतोत्शाहित गर्ने जोसुकैलाई पक्राउ गर्नुस्

७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एबम् सूचना संचार विभाग संयोजक बिश्व प्रकाश शर्माले कोरोना माहामारीको समयमा लडाईको कमाण्डरको रुपमा अग्र मोर्चामा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई अपहेलित र हतोत्शाहीत गर्ने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कारबाही गर्न आग्रह गरेका छन् ।

उनले एकाबिहानै ट्वीट् गर्दै तेस्रो बिश्व युद्धका कमाण्डर स्वास्थ्यकर्मी भएको, त्यसमा उनीहरुले बोल्न र कमाण्ड गर्न पाउने बताएका छन् । नेता शर्माले कृषिको बारेमा जसरी मन्त्रीले भन्दा कृषकले बढी जान्दछन् त्यसैगरी स्वास्थ्यको बारेमा पनि मन्त्रीले भन्दा स्वास्थ्यकर्मीले बढी जान्ने सत्य भएको बुझ्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल त्यस्ता स्वास्थ्यकर्मीलाई हतोत्शाहित गर्नेलाई नियन्त्रणमा लिन आग्रह गरेका छन् ।

उनको संकेत शनिबारमात्र कारबाही गर्दै मन्त्रालयमा तानेका डा शेरबहादुर पुनलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालतर्फ सोझिएको छ। प्रधानमन्त्रीले यसअघि पनि स्वास्थ्य सामाग्री खरिदमा प्रश्न उठ्दा उनलाई कारबाही गरेका थिएनन् ।

प्रवक्त शर्मा भन्दछन्ः आजको ‘तेस्रो विश्वयुद्ध’ का कमाण्डर स्वास्थ्यकर्मीहरु हुन् ‘कमान्ड गर्नेले लड्छपनि, बोल्छपनि’ कृषि बारे कृषी मन्त्रीले भन्दा कृषकले बढी जान्न सक्छन् ‘स्वास्थ बारेपनि सत्य यहि हो’
सम्माननिय @Pm_Nepal ‘स्वास्थकर्मिलाई हतोत्साहित जो गर्दैछन् तिनलाई नियन्त्रणमा लिनोस्’, जय नेपाल !