७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश र जनता बिर्षेर जेपायो उही गर्दै हिँडेको बताएका छन् ।
उनले माहामारीको बेला डा शेरबहादुर पुनलाई कारबाही गरेको, भ्रष्टाचार बिरोधी स्वास्थ्य मन्त्रालयको लेखा अधिकृतलाई कारवाही गरेको, उपत्यका बाहिर जाने मज्दूरहरुलाई खानै नपाएर काठमाण्डौं छाडेका होइनन् भनेको, अदुअआको छानविन रोक्न प्रधानमन्त्ती आफैंं न्यायधिश बनेको लगायतका गलत काम गरेको बताएको छन् ।
उनले अब प्रधानमन्त्री र गलत कृयाकलापमा लागेका उनका नजिकका मन्त्री तथा अन्यले ओम्नी मन्त्र १०८ पल्ट जप्ने कार्य बाँकी रहेको संकेत गरेका छन् । नेता गुरुगंले यति गर्दा पनि लाज नछोपिए राष्ट्रपतिलाई वोल्न लगाऊ र बिबादमा ल्याउ भन्दै ब्यंग्यात्मक रुपमा तीब्र आक्रोश पोखेका छन् ।
नेता गुरुगंकै शब्दमाः डा. पुनलाई कारवाही गर। भ्रष्टाचार बिरोधी स्वास्थ्य मन्त्रालयको लेखा अधिकृतलाई कारवाही गर। मज्दूरहरुलाई खानै नपाएर काठमाण्डौं छाडेका होइनन् भन। अदुअआको छानविन रोक्न प्रम आफैं न्यायधिश बन। ओम्नी मन्त्र १०८ पल्ट जप। यति गर्दा पनि लाज नछोपिए राष्ट्रपतिलाई वोल्न लगाऊ।