राजनीति

डा भट्टराईको प्रश्नःसभामुख/सभापति/सचिव सकारात्मक हुँदाहुँदै बैठक रोक्न कसको भिटो लागेको हो ?

७ बैसाख, काठमाडौं । पुर्ब प्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थसमितिको आज बस्ने तय भएको भर्चुवल बैठक रोक्न सभामुख, सभापति, सचिव सबैजना सकारात्मक हुँदाहुँदै कसको भिटो लागेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले संकटको वेला पूरै संसदको बैठक बस्न नसके पनि स्थायी संसद भनिने समितिहरूको बैठक बस्दा सरकारलाई लाभै हुन्थ्यो होला भनेका छन् ।

डा भट्टराईले वैधानिक समस्या भए फुकाउन केले छेक्छ ? भन्दै आक्रोश पोखेका छन् ।

डा भट्टराइको ट्वीटः अर्थसमितिको आज बस्ने तय भएको भर्चुवल बैठक फेरि स्थगित गरिएछ ! सभामुख, सभापति, सचिव सबैजना सकारात्मक हुँदाहुँदै कसको भिटो लागेको हो ? संकटको वेला पूरै संसदको बैठक बस्न नसके पनि स्थायी संसद भनिने समितिहरूको बैठक बस्दा सरकारलाई लाभै हुन्थ्यो होला! केही वैधानिक समस्या भए फुकाउन केले छेक्छ ?