८ बैशाख काठमाडौं । क्यानडाको नोभा स्कोसा प्रान्तमा प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको मृत्यु भएको बिबिसी मिडियाले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार बन्दुकधारीले १२ घण्टासम्म अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणकारीको समेत मृत्यु भएको छ । आक्रमणकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई पनि निकै समय लागेको बताइएको छ । शनिबार राति ती बन्दुकधारीले आक्रमण गरेपछि पोर्तापिक्यूका अधिकारीहरुलेआम मानिसलाई घरभित्रै रहन सुझाव दिएका थिए ।
बन्दुकधारीले प्रहरीको जस्तै बर्दी लगाएका कारण प्रहरी नै सुरुमा अलमलमा परेको रिपोर्टमा उल्लेख छ । आक्रमणकारीको गोली लागि २३ वर्षकी होइदी स्टेभेन्सनको पनि मृत्यु भएको छ ।
अर्का एक प्रहरी अधिकारी घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ । बन्दुकधारी कारमा सवार रहेको र उनलाई नियन्त्रणमा लिन प्रहरीलाई कठिन भएको बताइएको छ ।