समाचार

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बिहानैदेखी वर्षा

९ बैशाख काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्ला, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका जिल्लामा पानी परिरहेको छ ।

अहिले पानी परिरहेका स्थानमा दिउँसोबाट मौसम सफा रहने तर पूर्वी भेगमा हावाहुरी, चट्याङसहितको वर्षा हुने सम्भावना रहेको मौसमविद वरुण पौडेलले खबरहबलाई जानकारी दिए । ‘अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव छ । जसले देशका विभिन्नस्थानमा पानी परिरहेको छ ।

यो क्रम अब केहि दिन लम्बिने देखिन्छ,’ मौसमविद पौडेलले भने, ‘पश्चिमी वायु क्रमशः पूर्वतर्फ सर्ने भएकाले अहिले पानी परिरहेका ठाउँमा दिउँसोबाट मौसममा सुधार हुने देखिन्छ । पूर्वी भागमा हावाहुरी, चट्याङसहितको वर्षा हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ ।

’सोमबारबाट पश्चिमी वायु थप सक्रिय भएको भन्दै पौडेलले अब २्३ दिनसम्म बिहान र बेलुकाको समयमा पानी पर्ने सम्भावना रहेको बताए । यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

भने राति पनी देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना हुनसक्छ । वर्ष अँझ केहिदिन लम्बन सक्ने मौसमवीदले बताएका छन् ।