८ बैसाख, काठमाडौं । नेपाल तरुण दलले राष्ट्रपतिले पास गरेका राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी दुुई अध्याधेश आपत्तीजनक कदम र गैह्रजिम्मेवार कदम भएको अभिव्यक्ती भएको प्रतिकृया दिएको छ ।
दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सुर्यखबरसँगको कुराकानीमा अध्यादेस-२०७७ रास्ट्रपतिबाट पारित हुनु संविधानको मर्म बिपरित, गलत राजनीतिक अभ्यासले अस्थिरता संगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्था आएको बताएका छन् ।
अध्यक्ष बस्नेतले यस्ता संसद छल्दै ल्याईएका अधयाधेशहरुले अस्थिरता निम्तिनेतर्फ ध्यान दिँदै तरुण दलले जिम्मेवार भएर पार्टीको निर्देशन अनुसार अगाडी बढ्ने बताएका छन् ।
उनले नेकपा नेतृत्वको सरकारको नालायक सावित भएको र उनीयहरुको यस्तै उल्टो मतीले गर्दा नेकपा पनि सिद्धिने र सरकारको पनि आयु समाप्त हुने शुरुवात भएको हुनसक्ने भनदै विनाश काले विपरित बुद्धिको संज्ञा दिएका छन् । उनले सरकारले बेमँैशमी बासुरी बजाई रहेको भन्दै ती लोकतन्त्री बिरोधी बिधेयक तत्काल फीर्ता लिन समेत अनुरोध गरेका छन् ।