९ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बिहान ९ बजे बस्ने बैठकमा सरकारले ल्याएको दुई अध्यादेशबारेमा छलफलहुने भएको छ ।
पार्टी सभापती शेरबहादर देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने भएको छ । राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल गर्न आज (मंगलबार) विहान ९ बजे पदाधिकारी बैठक बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
हिजो साँझ सरकारले जारी गरेको दुबै अधयादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भईसकेको छ । जसको कारण राजनीतिक बजारमा हंगामा मच्चिएको छ ।
सरकारले जारी गरेको उक्त विद्येयकप्रति कांग्रेसले आपत्ति जनाएको छ । सिंगो विश्व कोरोनाको चपेटामा परेको यो विषम परिस्थितीमा सरकारको निर्णको चौतर्फि बिरोध भएको छ ।