सामाजिक सञ्जाल

लिङ्देनको टिप्पणीः निमुखा\मजदुर भोकभोकै पैदल, मन्त्री र सत्तानिकट बसका बस घर फर्कनु गलत

१० बैशाख काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता राजेन्द्र लिङ्देनले निमुखा र मजदुर भोकभोकै पैदल हिँडेर घर जानु, मन्त्री र सत्ता निकटहरु बसमा जानु गलत भएको टिप्पणी गरेका छन् ।

झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका लिङ्देनले सामाजिक सञ्जाल ट्वीटमार्फत निमुखा र ज्यालामजदुरी गरिखाने वर्गले भोकभोकै भाग्दै भाग्दै झरिपानी बिच पैदल हिँड्नु पर्ने मन्त्री र सत्ता निकटकाले बसका बस घर फर्कन पाउने यो कदापी न्याय संगत नभएको बताएका छन् ।

उनले तत्काल काठमाडौंबाट बाहिरिन चाहने सबैलाई समान, व्यवस्थित र सुरक्षित तवरले बाहिरिने ब्यवस्था मिलाउन प्रधानमन्त्री केपीशर्मा ओलीको ध्यानाकर्षण गरेका छन् ।

उनको ट्वीटः निमुखा र ज्यालामजदुरी गरिखाने वर्गले भोकभोकै भाग्दै भाग्दै झरिपानी बिच पैदल हिँड्नु पर्ने मन्त्री र सत्ता निकटकाले बसका बस घर फर्कन पाउने यो कदापी न्याय संगत छैन् । तत्काल काठमाडौंबाट बाहिरिन चाहने सबैलाई समान, व्यवस्थित र सुरक्षित तवरले बाहिरिने ब्यवस्था मिलाऔं ! @PM_Nepal