१० बैशाख काठमाडौं । नेपाली कांग्रसकी केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले अधिनयकवादका विरुद्ध सम्पुर्ण नेपाली एकजुट भई पुनः आन्दोलन गर्ने बेला आएको बताएकि छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेतृ संग्रौलाले एकातिर महामारीका कारण देश आन्तरिक र बाह्य लकडाउनमा रहेको मौका छोपी् अप्रत्यासित रुपमा प्रधानमन्त्री ओली नेतृत्वको मन्त्री परिषदले वर्तमान संविधानको व्यवस्था र भावना विपरीत जारी गरेको राजनीतिक दल परित्याग र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरि देशमा एक पटक फेरी राजनीतिक अस्थिरता लाई निम्तायको प्रति टिप्पणी गर्दै सबैलाई यसका विरुद्ध एकजुट हुन आग्रह गरीन् ।
देशमा सम्पूर्ण जनता कोरोनाको विश्वव्यापी महामारीको गम्भीर जोखिममा रहेको राष्ट्रिय संकटको अवस्थामा देश भित्र आबद्ध सबै राजनितिक दलहरु एक ढिक्का भई सहमति, सहकार्य साझेदारी र राष्ट्रिय एकताका साथ इमान्दारी पूर्वक जनताको जीवन रक्षामा केन्द्रित हुनु पर्नेमा त्यस्तो नभएको भन्दै दुःख व्यक्त गरेकि छिन् ।
नेतृ संग्रौलाले संविधानवाद एबम लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध भएको श्रृङखलबध आक्रमण को सम्पूर्ण लोकतन्त्रवादी महानुभावले घोर विरुद्ध गर्दै यसको रक्षा को लागी एकाकार हुनु पर्नेमा जोड दिँदै त्यसको लागि अधिनायकवाद बिरुद्ध सम्पुर्ण नेपाली नागरिकले अर्को संघर्ष को लागि तयार हुनुपर्ने तर तत्कालका लागी कोरोना भाइरस को माहामारी बाट नेपाली जनता को जीवन रक्षाका लागि जुट्नु आवस्यक रहेको बताईन् ।
उनको स्टाटस्ः देशमा सम्पूर्ण जनता कोरोनाको विश्वव्यापी महामारीको गम्भीर जोखिममा रहेको राष्ट्रिय संकटको अवस्थामा देश भित्र आबध सबै राजनितिक दलहरु एक ढिक्का भई सहमति, सहकार्य साझेदारी र राष्ट्रिय एकताका साथ इमान्दारी पूर्वक जनताको जीवन रक्षामा केन्द्रित हुनु पर्ने थियोे । एकातिर महामारीका कारण देश आन्तरिक र बाह्य लकडाउनमा रहेको मौका छोपी् अप्रत्यासित रुपमा प्रधानमन्त्रीले के। पी ओली नेतृत्वको मन्त्री परिषदले वर्तमान संविधानको व्यवस्था र भावना विपरीत जारी गरेको राजनीतिक दल परित्याग र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरि देशमा एक पटक फेरी राजनीतिक अस्थिरता लाई निम्तायको छ ।
अध्यादेश जारी गर्दाको देशको भयावह अबस्था लाई समेत नजरअन्दाज गरि प्र्माणिकरण गरेको अवस्था लाई हेर्दा यो कदम ‘एक तिर अनेक निशाना’ जस्तो देखिन्छ यस्ता क्रियाकलाप ले देशमा लोकतान्त्रिक व्यवस्थालाई नै खतम पार्ने षड्यन्त्रको रुपमा आएको स्पस्ट देखिन्छ । संविधानवाद एबम लोकतान्त्रिक मुल्य मान्यता विरुद्ध भएको श्रृङखलबध आक्रमण को सम्पूर्ण लोकतन्त्रवादी महानुभावले घोर विरुद्ध गर्दै यसको रक्षा को लागी एकाकार हुनु पर्दछ । त्यसको लागि अधिनायकवाद बिरुद्ध सम्पुर्ण नेपाली नागरिक ले अर्को संघर्ष को लागि तयार हुनुपर्छ तत्काल का लागी कोरोना भाइरस को माहामारी बाट नेपाली जनता को जीवन रक्षा का लागि जुट्नु पर्छ ।