बाग्मती

रामेछापमा बस दुर्घटनाः झण्डै एक दर्जन मजदुर घाईते

१० बैशाख काठमाडौं । काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परि झण्डै १ दर्जन घाईते भएका छन् । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको हो ।

मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ ।

बसमा ३९ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।