समाचार

सरकारले ल्याएका अध्यादेशको बिरुद्ध एकजुट हुन कांग्रेसले डाक्यो बिपक्षी दलहरुको बैठक

१० बैशाख काठमाडौं । सरकारले सोमबार ल्याएको दुई अध्यादेशको बिरोधमा एकमत बनाउन कांग्रेसले साना दलसंग छलफल गर्दै । सोमबार सरकारले दुई अध्यादेश ल्याएपछि त्यसको बिरोधमा उत्रिएको कांग्रेसले सरकार बाहिर रहेका साना दलहरुसंग छलफल गर्ने भएको हो ।

दुई अध्यादेशको विरोधमा एकमत बनाउन कांग्रेसले आज दिउँसो २ बजे बैठकका लागि समजवादी, राजपा, राप्रपाल लगाएत सबै विपक्षी दलहरुलाई बोलाएको छ । यसअघि मंगलबारपनि पार्टीको पदाधिकारी बैठक बसेर उक्त विषयमा छललफल गरेको थियो ।

सरकारले संसद नरहेको बेला ल्याएको अध्यादेश लोकतन्त्र विरोधी भएको ठहर गर्दै कांग्रेसले यसअघि नै तत्काल फिर्ता लिन माग गरीसकेको छ । हिजो सभपति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा कांग्रेसले सरकारले ल्याएको अध्यादेशले संविधानको ठाडो उल्लंघन गरेको र लोकतन्त्रको मूल्य मान्यता विपरित रहेको ठहर गरेको छ ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।