९ चैत, काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले महामारीका बेला सडकमा खाना खान नपाएका बिद्यार्थी तथा मजदुरहरुलाई राहत बाँड्ने भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रकाउ गरी सजाय दिनु गलत भएको प्रतिकृया दिएका छन् । लामिछानेले, ‘कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्। यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो।’ भनेका छन् ।
उनले, ‘बिकृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्, तर भ्रस्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार विरुद्ध बोल्नेलाई समाउने ? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्।’ भन्ने माग गरेका छन् ।
रवि लामिछानेको स्टाटस्ः ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन। कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्। यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो। लकडाउनको उल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ्ग समन्वय गरेर, सक्नेले सहयोग गर्ने बेला नै यहि हो। अन्य अपराध गरेका भए बेग्लै कुरा तर महामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो, सजाय दिने होइन। बिकृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्, तर भ्रस्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार विरुद्ध बोल्नेलाई समाउने ? भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिँदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्। ज्ञानेन्द्र जीले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।