१० बैशाख ललितपुर । ललितपुर महानगरपालीकाका मेयर चिरीबाबु महर्जनले कोरोन रहतको लागि सरकारले महानगरलाई एक रुपैँया पनि नदिएको बताएका छन् । विश्वलाई आकान्त पारेको कोरोनाको कारण सिंगो देशमानै लकडाउन गरिएको अवस्थामा सरकारले आफ्नो महानगरपालीकाको लागि एक रुपैयाँ पनि बजेट नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
लकडाउनका कारण समस्यामा परेका नागरिकलाई काठमाडौं उपत्यकाका २ महानगरपालीका र १६ वटा नगरपालीकाले संयुक्त रुपमा हातेमालो गरेको भन्दै दोस्रो चरणको राहतको लागि संघिय सरकारले बजेट निकासा गर्नुपर्नेमा जोड दिए । काठमाडौं उपत्यकाका मेयर फोरमका उपाध्यक्ष समेत रहेका महर्जनले राहतकालागि पुट्याकौडि रकम सरकारले नदिएको भन्दै बजेट नदिए राहत बाँड्न नसकिने बताएका छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा दुई महानगरपालीका, १६ नगरपालीका र तीनवटा गाउँपालीका गरी २१ पालीका छन् । काठमाडौंमा एक महानगरपालीका, भक्तपुरमा ४ नगरपालीका र ललितपुरमा १ महानगरपालिका, २ नगरपालीका र ३ गाउँपालीका छन् । यस्तै काठमाडौं महानगरपालीकाले भने झण्डै ५० हजारलाई राहत वितरण गरेको दाबी गरेको भन्दै काठमाडौं महानगरपालीको जस्तो अन्य पालीकाको क्षमता नभएको बताएका छन् ।
उनले सरकारले बजेट दिएनभने राहत दिन नसक्ने बताएका छन् । संघिय सरकारले मुठिठ् कसेको भन्दै विपदकाबेला मुठ्ठी नकसी पालीकाको क्षमता कमजोर छ भनेर बुझ्नुपर्नेमा जोड दिएका छन् । साथै मेयर महर्जनले ललितपुर महानगरमा आजसम्म भोकै भने कोहि बस्न नपरेको दाबी समेत गरेका छन् । सरकारले पैसा नदिएपनि भेकाएर आउनेलाई पेटभरी खुवाएर पठाउने मेयर महर्जनले बताए । सरकारको मुख ताकेर नवसि क्षमता अनुसार व्यवस्थापन भईरहेको उनले बताए ।