सामाजिक सञ्जाल

सभापती केसिको सक्रियतामा नुवाकोट कांग्रेसले बाँढ्यो ८८ सय मास्क

१० काठमाडौं काठमाडौं । नेपाली कांग्रेसले नुवाकोट जिल्लाका व्यवसायिक कृषिमा संलग्न वृद्धवृद्धा र किसानका लागि मास्क वितरण गरेको छ । जिल्लाका सबै १२ वटा गाउँ/नगर पालिकाका पार्टीका सभापतिमार्फत प्रत्येक ८८ वडा तह का नेपाली कांग्रेस सभापति मार्फत उनिहरुसम्म पुर्याउने हेतुले ८८ सय मास्क वितरण गरिएको हो ।

पार्टीका तर्फबाट नुवाकोट जिल्ला सभापती जगदीश्वर नरसिंह केसिको मङ्गलबार गाउँ/नगर सभापतिलाई मास्क हस्तान्तरण गरेका हुन् । सो मास्क सबै वडामा दामासाहीले हुनेगरी फ्रन्ट लाइनमा रहेर कृषि कर्ममा संलग्न किसान र वृद्धवृद्धालाई वितरण गरिने उनले बताएका छन् । संख्या थोरै भए पनि आवश्यकताको वर्गीकरण गरी अति आवश्यक परेकाहरूलाई वितरण गर्न सबैलाई आग्रह गरेका छन् ।

नेता केसीले पार्टीले आउँदा दिनमा पनि जनताको दुःखमा सक्दो सहयोग गर्दै जाने बताए । साथै यस कार्यको लागि पार्टि लाइ लगनशिल भएर सहयोग गर्ने नेपाली कोङ्रेस सम्पर्क समिति का सम्पुर्ण कार्य समितिका साथिहरुमा  धन्यवाद दिएका छन् ।

सोहि अबसमा यसोददेबि भगवान सिह के सि मेमोरियल ट्रस्टले नुवाकोटको एम्बुलेस चालक १९ जना लाइ पिपिइ र रसुवा जिल्लाको लहरेपौवा र कालिका देबि गाउपालिका मा रहेका १० स्वास्थ चौकि लाइ ५र५ पिपिइ समेत उक्त सस्थाको प्रमुख डा केदार नरसिङ के सि र महासचिब समेत रहेका सभापती जगदीश्वर नरसिंह केसी सयुक्त हस्तान्तरण गरेका हुन् ।