अन्तर्राष्ट्रिय

नाघ्यो अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार

१२ बैशाख काठमाडौं । चीनको उहान सहरबाट फैलिएको प्रााण घातक भाईरस कोरोनाले विश्वलाई नै आक्रान्त पारेको छ । कोरोनाले सबैभन्दावढी अमेरिकालाई नराम्रो संग प्रभाव पारेको छ ।

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । वल्र्ड मिटरको मध्यान्ह १२ बजेसम्मको तथ्यांक अनुसार ५० हजार २ सय ४३ को मृत्यु भएको छ ।

भने संक्रमीतको संख्या ८ लाख ८६ हजार नागेको छ । पछिल्लो विबरण अनुसार अमेरिकामा ८ लाख ८६ हजार ७ सय ९ जना संक्रमित भएका छन् ।

विश्वको शक्तिराष्ट अमेरिकामा कोरोनाले बिकराल रुप लिँदै गएको छ । मृत्यु हुने र संक्रमीतको संख्या तिबै गतिमा बढिरहेको छ ।