अन्तर्राष्ट्रिय

कोरोनाः ८ लाख ७८ हजार वढी निको, ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार नाघ्यो (अपडेट)

१५ बैशाख काठमाडौं । विश्वभर कोरोना संक्रमण हुनेको संख्या २९ लाख नाघेको छ । वल्र्ड मिटरको बिहान ६ बजेसम्मको तथ्यांक अनुसार संक्रमीतको संख्या २९ लाख ९४ हजार ४ सय ३६ । तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ ९ लाख ८७ हजार १ सय ६० ।

त्यस्तै, स्पेनमा २ लाख २६ हजार ६ सय २९, इटालीमा १ लाख ९७ हजार ६ सय ७५, फ्रान्समा १ लाख ६२ हजार १ सय , जर्मनीमा १ लाख ५७ हजार ७ सय ७०, बेलायतमा १ लाख ५२ हजार ८ सय ४०, टर्कीमा १ लाख १० हजार १ सय ३० लाई संक्रमण पुष्टि भएको छ।

विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ । कोरोनाका कारण विश्वभरी २ लाख ६ हजार ९ सय ७३ पुगेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ मृत्यु हुनेको संख्या ५५ हजार ४ सय १३ पुगेको छ । त्यस्तै, इटालीमा २६ हजार ६ सय ४४, स्पेनमा २३ हजार ६ सय ९०, बेलायतमा २० हजार ७ सय ३२ को मृत्यु भइसकेको छ ।

संक्रमितहरु निको हुने क्रम पनि बढेको छ । हालसम्म ८ लाख ७८ हजार ७ सय ७ जना निको भइसकेका छन् । यस्तै नेपालमा पनि ५२ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये १६ जनाको उपचारपछि निको भइसकेका छन् ।