१५ बैशाख काठमाडौं । उत्तर कोरीयाका सर्वाेच्च नेता किम जोङ उनको स्वास्थ्य अबस्था खराब रहेको र मृत्यु भएको भन्ने विभिन्न समाचारहरु सञ्चारमाध्यममा आईरहेका बेला जिवितै रहेको खुलाशा गरीएको छ ।
दक्षिण कोरीयाली सञ्चारमाध्यमलाई उदृत गर्दै सिएनएनले नेता किम सकुशल र जिवित रहेको खुलाशा गरेको हो । राष्टपतिका विदेश नीतिका सल्लाहकार मुन चङइनले किम अप्रिल १३ देखी वोन्सान इेतमा बसिरहेका छन् । अप्रिल १५ मा हजुरबुवाको जन्मोत्सवमा किम उपस्थित नभएपनि विभिन्न समाचारहरु बाहिर आएका थिए ।
कोरीयाको राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार उनले खप्रिल ११ मा पोलिटब्युरोको बैठकमा सहभागी भएपस्चिात उनि सार्वजनीक कार्यक्रममा उपस्थित भएका थिएनन् । केहि दिन अघि अमेरिकी गुप्तचर संस्थगाले किमको सल्यक्रिया भएको र उनको अवस्था नाजुक भएको भन्ने खबर बाहिर ल्याएको थियो ।
यस्तै दक्षिण कोरियाबाट उत्तत्रर कोरीयामा आधारित प्रकाशन भईरहेको अनलाईन डेली एनकेले किमको मुटु सम्बन्धी समस्या उल्लेख गरेको छ । साथै उनको लगातार उपचार भईरहेको समेत जनाएको छ ।
उक्त अनलाईनले सिएनएनलाई उदृत गर्दै अत्यधिक धुम्रपान र दौडधुपका कारण समस्या आएको हो । तर समाचारहरुमा विभिन्न कुराहरु आएपनि वास्तविकता भने अँझै खुलाईएको छैन ।