अन्तर्राष्ट्रिय

कोरोनाः संक्रमीतको संख्या ३० लाख नाघ्यो, २ लाख ११ हजार वढीको मृत्यु/९ लाख धेरै नीको

१६ बैशाख काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ११ हजार नाघेको छ । सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको यो भाइरसका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १० देशमा फैलिएको छ ।

अहिलेसम्म यो भाइरसका कारण ३० लाख ६१ हजार ९७० संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ९ लाख २१ हजार १४७ निको भएका छन् । उपचाररत करिब १९ लाख १८ हजारमध्ये करिब ५६ हजार ४ सयको अवस्था भने चिन्ताजनक छ ।

अहिलेसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ । अहिलेसम्म अमेरिकामा ५६ हजार ७ सय ९६ को मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या १० लाख १० हजार १ सय २३ पुगेको छ ।

इटलीमा अहिलेसम्म २६ हजार ९ सय ७७ को मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख नजिक छ त्यहा १ लाख ९९ हजार ४१४ संक्रमीत भएका छन् । स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ हजार ५ सय २१ पुगेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख २४ हजार ४ सय २२ पुगेको छ ।

फ्रान्समा २३ हजार २ सय ९३ को मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या ९ सय ३९ पुगिसकेको छ । भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ नाघेको छ । कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।