राजनीति

कोरोना संक्रमणले मानव जातिको अस्तित्व संकटः नेता घिमिरे

१६ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले कोरोना भाईरस कोभिड-१९ ले मानवजातिको अस्तित्व माथि नैं गम्भीर संकट खडा गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता घिमिरेले कोरोनाले मानवजातिको अस्तित्व माथि नैं गम्भीर संकट खडा गरेको महसुस भएको भन्दै थप वास्तविक अध्ययनको नयाँ शुरुवातको माग गरेको भनेका छन् ।

कोरोना भाइरसको संक्रमणले मानवजातिले अहिलेसम्म गरेका खोज अनुसन्धानमा गंभिर प्रश्न उभ्याएको नेता घिमिरेको भनाई छ ।

कोरोनाबाट न प्रकृति, न पशुपंक्षी, न ब्रह्माण्डको नित्यकर्म फेरिएको छ भन्दै न सूर्य, न चन्द्र, न जल, न अग्नि,न वायु,न आकाश को नित्यतामा क्रमभंगता आएको भन्दै ईश्वर या प्रकृतिको उत्कृष्ट रचना भनिएको मान्छे तिल्मिलाएको छ, नस्ट हुदै गएको बताए ।

नेता घिमिरेले यसबाट मान्छेले अहिलेसम्म प्राप्त उपलब्धि अधुरो र बबुरो देखिएको बताउँदै आजको अवस्था मानवजातिको निरिहताको प्रमाण भएको बताए ।

उनले भनेका छन्ः कोरोना भाइरसको संक्रमणले मानवजातिले अहिलेसम्म गरेका खोज अनुसन्धानमा गंभिर प्रश्न उभ्याएको छ । कोरोनाबाट न प्रकृति,न पशुपंक्षी,न ब्रह्माण्डको नित्यकर्म फेरिएको छ । न सूर्य,न चन्द्र,न जल,न अग्नि,न वायु,न आकाश को नित्यतामा क्रमभंगता आएको छ । तर ईश्वर या प्रकृतिको उत्कृष्ट रचना भनिएको मान्छे तिल्मिलाएको छ,नस्ट हुदै गएको छ।यसबाट मान्छेले अहिलेसम्म प्राप्त उपलब्धि अधुरो र बबुरो देखिन्छ । आजको अवस्था मानवजातिको निरिहताको प्रमाण हो । त्यसैले कोभिड ज्ञढ ले मानवजातिको अस्तित्व माथि नैं गम्भीर संकट खडा गरेको महसुस हुन्छ र थप वास्तविक अध्ययनको नयाँ शुरुवातको माग गरेको छ ।