१७ बैशाख काठमाडौं । चीनको उहानबाट फैलिएको कोरोनाको आतंक विश्वभरी झनै बढ्दै गएको छ । विश्वभरी संक्रमीत हुने र मृत्यु हुनेको संख्या घट्नुको साटो झनै थपिदै गएको छ । वल्ड मिटरको बिहन साढे ६ बजेसम्मको तथ्यांक अनुसार विश्वभरी मृत्यु हुनेको संख्या २ लाख नाघेको छ ।
विश्वभरी अहिले सम्म २ लाख १७ हजार ८ सय १३ को मृत्यु भएको छ । भने संक्रमीतको संख्या पनि तिब्र गतिमा ढेर ३१ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३१ लाख ३६ हजार ५ सय ७ संक्रमीत भएका छन् । त्यस्तै अहिलेसम्म विश्वभर ९ लाख ५३ हजार ३ सय २१ जना उपचारपछि निको भएका छन् ।
अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । अमेरिकामा १० लाख ३५ हजार ७६५ कुल संक्रमित भएका छन् भने ५९ हजार २६५ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४२ हजार २ सय ३८ निको भएर फर्किएका छन् । इटालीमा २ लाख १ हजार ५०१ कुल संक्रमित भएका छन् भने २७ हजार ३५९ जनाको मृत्यु भएको छ । यसैबीच ६८ हजार ९४१ निको भएर फर्किएका छन् ।
स्पेनमा २ लाख ३२ हजार १२८ कुल संक्रमित भएका छन् भने २३ हजार ८२२ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख २३ हजार ९०३ जना निको भएर फर्किएका छन् । फ्रान्समा एक लाख ६५ हजार ९११ कुल संक्रमित भएका छन् भने २३ हजार ६६० जनाको मृत्यु भएको छ । यसैबीच ४६ हजार ८८६ जना निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म एक लाख ६१ हजार १४५ कुल संक्रमित भएका छन् भने २१ हजार ६७८ जनाको मृत्यु भएको छ ।
बेल्जियममा ४७ हजार ३३४ कुल सङ्क्रमित भएका छन् भने ७ हजार ३३१ जनाको मृत्यु भएको छ । यसैबीच १० हजार ९४३ जना निको भएर फर्किएका छन् । यस्तै भारतमा पनि संक्रमीतको संख्या वढिरहेको छ । त्यहाँ ३१ हजार ३ सय २४ संक्रमीत भएका छन् भने १ हजार ८ को मृत्यु भएको छ ।